Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मरब इलाम पूर्व विद्यार्थी समाजमा पुनः बराल

मरब इलाम पूर्व विद्यार्थी समाजमा पुनः बराल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २४ २०८२


मरब इलाम पूर्व विद्यार्थी समाजमा पुनः बराल

इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) इलाम पूर्व विद्यार्थी समाजको अध्यक्षमा गणेश बराल चयन भएका छन् । प्रथम साधारणसभाबाट बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।

उपाध्यक्षमा बिमल बैद्य, सचिव रामकुमार शाह, सहसचिव गायत्री थेगिम र कोषाध्यक्ष विद्या सापकोटा रहेकी छन् । सदस्यहरूमा कमलप्रसाद नेपाल, नुनुमा राई, रिता अधिकारी, निरोज खड्गी, ठाकुर नारायण श्रेष्ठ, विप्लव भटृराई, मनकुमार बराइली, यादव अधिकारी, उत्तम पौडेल र संगीता कार्की रहेकी छन् ।

गणेशप्रसाद बरालको अध्यक्षतामा भएको साधारण सभामा समाजको प्रगति प्रतिवेदन सचिव रामकुमार शाह, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विद्या सापकोटाले प्रस्तुत गरेकी छन् ।

साधारण सभाको अवसरमा समाजका उपाध्यक्ष श्री बिमल वैद्यले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख गंगाराम पौडेल, स्ववियु अध्यक्ष विशाल कार्की र क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रेमलाल मिश्रले शुभकामना मन्तव्य राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार