इलाम । इलाममा मल्टिमिडिया र पत्रकारितामा एआईको प्रयोग सम्बन्धी ७ दिवसीय तालिम आजबाट सुरु भएको हो । इलाम नगरपालिकासंगको सहकार्यमा नेपाल पत्रकार महासंघ इलामको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमलाई पत्रकार भिषण राई र जिवन भण्डारीले सहजीकरण गर्नेछन् । नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा इलाम नगर प्रमुख केदार थापा रहेका थिए ।

कार्यक्रममा बोल्दै थापाले नगरपालिका सधै पत्रकार महासंघ र पत्रकारजन्य संगठनहरुसंग सहकार्य गर्दै आएको बताए । उनले नेपाल पत्रकार महासंघको जग्गा र भवन निर्माणमा समेत विगतका बर्षहरुबाटै नगरपालिका जोडिएको बताए । उनले नगरपालिकाले पत्रकारहरुसंग सहकार्यमा नै संचार ऐन जारी गर्ने कार्य अघि बढाएको समेत बताए ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्का, वडा नं ७ का वडा नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सटेन्द्र जवेग, प्रदेश सदस्य बुद्धमाया सोङ्मी, पूर्व प्रदेश उपाध्यक्ष सोम सुसेली, इलाम शाखा पूर्व अध्यक्ष कोकिला ढकाल, पुर्व अध्यक्ष विप्लव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष लोेकेन थेवले स्वागत गरेको कार्यक्रमको संचालन सचिव टिका खतिवडाले गरेका थिए । नेपाल पत्रकार महासंघको सभाहलमा आगामी जेठ २८ गतेसम्म तालिम संचालन हुनेछ । पत्रकार महासंघले सञ्चारमैत्री ऐन निर्माणका लागि नगर प्रमुख थापालाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

