Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

१९औंजातीय भेदभाव तथा छुवाछत उन्मूलन राष्ट्रिय दिवस इलाममा (तस्बिरहरु)

१९औंजातीय भेदभाव तथा छुवाछत उन्मूलन राष्ट्रिय दिवस इलाममा (तस्बिरहरु)

  • रेविका तोलाङ्गी (दुर्गा)
  • बुधबार, जेष्ठ २२ २०८२


१९औंजातीय भेदभाव तथा छुवाछत उन्मूलन राष्ट्रिय दिवस इलाममा (तस्बिरहरु)

इलाम । २०६८ साल देखि सुरुवात गरिएको जातीय छुवाछुत उन्मूलन राष्ट्यि दिवस इलाममा मनाइएको छ । गैरसरकारी संस्था महासंघ इलाम र जिल्ला प्रशासन कार्यालय इलामको संयुक्त आयोजनामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुख, प्रतिनिधिहरू, नेपाल बार एसोसिएशन इलाम, सञ्चारकर्मी, गैससकर्मी, दलित आन्दोलनका अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई स्वागत र कार्यक्रमको उदेश्यलाई गैसस महासंघका अध्यक्ष भक्त थामीले गरेका थिए । कार्यक्रममा महासंघका सचिव मनकुमार बराईलीले छलफल पत्र प्रस्तुत गरेका थिए । यसैगरी नगर स्तरीय दलीत समन्वय समिति इलाम नगरपालिका इलमको आयोजना र इलाम नगरपालिकाको सहयोगमा इलाम चोकबजारमा दिप प्रज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार