फिक्कल । इलामको सूर्योदय नगरपालिकाले २ वटा वडालाई वातावरणमैत्री वडा घोषणा गर्दैछ । नगरपालिकाले वातावरण दिवसको अवसर पारेर वडा नं ८ र ९ लाई वातावरणमैत्री वडा घोषणा गर्ने तयारी गरेको हो । जेठ २२ गतेका दिन दुवै वडालाई एकै साथ वातारणमैत्री घोषणा गरिने वन, वातावरण शाखाका प्रमुख इश्वरी अधिकारीले जानकारी दिए ।
वडा नं ८ लाई वडा कार्यालय दाम्सिङ्ग र वडा नं ९ लाई पायुल झ्याङ्गछुप दार्गेलिङ्ग गुम्बा रम्फोकमा कार्यक्रम आयोजनाग गरेर घोषणा गर्न लागिएको हो ।