Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

पूर्व खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गरे दोस्रो विवाह

पूर्व खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गरे दोस्रो विवाह

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २० २०८२


पूर्व खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गरे दोस्रो विवाह
  •  डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका छन्, जुन डेढ महिनाअघि भएको थियो ।
  • उनीहरुको विवाह सार्वजनिक नभएको थियो र गुरुङले आफ्नो प्रोफाइलमा फोटो सेयर गरेपछि बाहिर आएको हो ।
  • उनीहरुको विवाह दोस्रो हो र लिम्बुको पहिलो श्रीमतीको निधन भएको थियो ।

विराटनगर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका छन् । उनीहरुले डेढ महिनाअघि विवाह गरेका हुन् । दुवै जनाको विवाह दोस्रो हो । उनीहरुको विवाहबारे सार्वजनिक भएको थिएन् । केही दिनअघि गुरुङले आफ्नो प्रोफाइलमा मेरो संसार भन्दै लिम्बुसँगको फोटो सेयर गरेपछि विवाह गरेको विषय बाहिर आएको थियो ।

पूर्व यूवा तथा खेलकुदमन्त्री तथा मोरङ क्षेत्र नम्बर १ का सांसद लिम्बूकी श्रीमती गंगामायाको २०८० पुस २६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । डिगबहादुरका १ छोरी र १ छोरा छन् । संविधान सभा सदस्य उषाको श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । । उषा नेपाली कांग्रेसबाट २०६४ संविधानसभा सदस्य भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार