इलाम– इलामको रोङ गाउँपालिकाका ५६ वर्षे भगीरथ तामाङ झापामा मृत फेला परेका छन् । प्रहरीका अनुसार उनी झापाको मेचीनगर नगरपालिका–१, सुनारे टोलमा रहेको नहरमा मृत फेला परेका हुन् । सिद्धिखोलाबाट मेचीनगर–२, भृकुटीसम्म सिँचाइका लागि लगिएको नहरको ढोकामा घोप्टो परी अड्किएको अवस्थामा उनको शव भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।