Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश : ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश : ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १७ २०८२


‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश : ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट

इलाम । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ। प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली चलचित्रका लागि उल्लेखनीय मानिन्छ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ। देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको चलचित्रले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ। चलचित्रमा विपिन कार्की, मिरुना मगर, माओत्से गुरुङ, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ।

समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा चलचित्रको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो। हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको छ। ‘ऊनको स्वीटर’ नेपाली चलचित्र उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र बन्न पुगेको छ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई सुपरहिटको ट्याग दिएको छ। यस्तै, विसं २०८२ सालको पहिलो सुपरहिट चलचित्र पनि ‘ऊनको स्वीटर’ बनेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार