इलाम । गृहमन्त्रालयको कार्य सम्पादन सम्झौताको दोस्रो चौमासिक प्रगति विवरणमा इलाम सहित ५ जिल्ला पहिलो स्थानमा रहेका छन् । इलाम सहित नुवाकोट, भक्तपुर, रामेछाप र स्याङजाले पहिलो स्थान हासिल गरेका हुन् । १८.५ पूर्णाकमा उनीहरुले समान १८.१२५ अंक पाएका छन् । यसअघि दोश्रो त्रैमासिकमा समेत इलाम पहिलो स्थानमा रहेको थियो ।
दोश्रो त्रैमासिकमा इलाम संगै पश्चिम रुकुम र पाल्पाले समान अंक प्राप्त गरी देशभर पहिलो स्थान हासिल गरेका थिए । पहिलो त्रैमासिकको कार्य सम्पादनलाई सुधार गर्दै इलामले लगातार २ वटा त्रैमासिकको शिर्ष स्थान हासिल गरेको हो । इलामको जिल्ला प्रशासन महिला प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नेतृत्व गरिरहेकी छन् । श्रेष्ठले इलामको ४८ औ प्रमुख जिल्ला अधिकारीको रुपमा २०८१ जेठमा कार्यभार सम्हालेकी थिइन् ।
पहिलो त्रैमासिकमा इलामको स्थान देशभरमा २२ औ रहेको थियो । इलाम गत आर्थिक बर्षको बार्षिक नतिजामा १९ औ स्थानमा रहेको थियो । कोशी प्रदेशबाट खोटाङ अन्तिम स्थानमा रहेको छ । खोटाङ समग्र ७७ जिल्ला मध्ये नवलपरासी पूर्वभन्दा मात्र अगाडी छ । खोटाङले १३.७५ अंक पाएको छ । कोशी प्रदेशबाट धनकुटा दोश्रो स्थानमा रहेको छ ।
१७.८७५ अंक पाएको धनकुटा कुल ७७ जिल्ला मध्ये १० औ स्थानमा रहेको छ । झापाले १७.८१२५ अंक पाउँदै तेश्रो स्थान र देशभरको २१ औ स्थान ओगटेको छ । मोरङले १७.५६२५ अंक पाउँदै देशभरमा ३३ औ स्थान हासिल गरेको छ । तेह्रथुम १७.३७५ अंक पाउँदै ३५ औ स्थान हासिल गरेको छ । भोजपुर १७.१८७५ अंक पाउँदै ४० औ स्थान हासिल गरेको छ ।
ओखलढुङ्गा १७.१२५ अंक पाउँदै ४४ औ स्थान हासिल गरेको छ । संखुवसभा र सोलुखुम्बु १६.२५ अंक पाउँदै ५७ औ स्थान हासिल गर्दा सुनसरी १६.१८७५ अंक पाउँदै ५९ औ स्थान हासिल गरेको छ । पाँचथर १६.०६२५ अंक पाउँदै ६२ औ र ताप्लेजुङ १५.५६२५ अंक पाउँदै ६६ औ स्थानमा रहेका छन । कोशी प्रदेशको १२ औ स्थानमा रहेको उदयपुर १५.३१२५ अंक पाउँदै देशभरमा ७१ औ स्थान हासिल गरेको छ ।
हेर्नुहोस देशभरका कुन जिल्ला कति औ स्थानमा