Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाम र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

इलाम र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ १५ २०८२


इलाम र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

इलाम र झापाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–४ बाट प्रहरी चौकी पेल्टिमारीले प्र–१–०१–०१३ प ५४८३ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका २० बर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी इकाईहरुबाट लागुऔषध बिरुद्ध विशेष कारबाही अप्रेशन बाट राईलाई पक्राउ गरिएको हो । झापाको‌ दमक देखि चुलाचुली सयपत्री टोल इलाम तर्फ आउदै गरेका राईलाई शंका लागी चेक जाँच गर्दा लागुऔषध फेला परेको हो । प्रहरीले उनका साथबाट नगर ३३ हजार ५ सय, मोवाइल र बेनाली बाइक समेत बरामद गरेको छ ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका–६ मा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्नलाई पक्राउ गरेको छ । मे ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका-९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी बाघखोरले दमक नगरपालिका-३ का २९ बर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार