Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सिटिजन्स बैंकले दियो चिसोपानी माविलाई २५ हजार बराबरको पुस्तक

सिटिजन्स बैंकले दियो चिसोपानी माविलाई २५ हजार बराबरको पुस्तक

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ १५ २०८२


सिटिजन्स बैंकले दियो चिसोपानी माविलाई २५ हजार बराबरको पुस्तक

माङसेबुङ : सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखाले इलामको माङसेबुङ गाउँपालिका-६ स्थित चिसोपानी माध्यमिक विद्यालयलाई २५ हजार रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंकले चिसोपानी माविलाई कक्षा ११ र १२ का लागि एक सय ३० थान पुस्तक उपलब्ध  गराएको हो ।

मङ्गलबार विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक सरोज प्रधानले विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको बैंकका कर्मचारी रमेश अधिकारीले जानकारी दिए ।

विद्यालयको पुस्तकालयका लागि बैंकका तर्फबाट पुस्तक उपलब्ध गराईएको शाखा प्रमुख प्रधानले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार