Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

कृष्ण सेन इच्छुक २३ औ स्मृति दिवस : प्रेस सेन्टर इलामद्धारा राहसल अनाथालयमा दैनिक उपभोग्य सामाग्री

कृष्ण सेन इच्छुक २३ औ स्मृति दिवस : प्रेस सेन्टर इलामद्धारा राहसल अनाथालयमा दैनिक उपभोग्य सामाग्री

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १४ २०८२


कृष्ण सेन इच्छुक २३ औ स्मृति दिवस : प्रेस सेन्टर इलामद्धारा राहसल अनाथालयमा दैनिक उपभोग्य सामाग्री

इलाम : प्रेस सेन्टर इलामले २३ औ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस राहसल बाल अनाथालयमा मनाएको छ । इलामले इलाम नगरपालिका–९ मा रहेको अनाथालयमा आश्रित १५ जना बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्री (खाद्यान्न)  प्रदान गर्दै  दिवस मनाएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य प्रभास शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, प्रेस सेन्टर नेपाल इलाम अध्यक्ष नमिन ढकाल, निवर्तमान अध्यक्ष एवम नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका इलाम अध्यक्ष उमाकान्त भट्टराई लगायतले सामाग्री हस्तान्तरण गरे ।

कृष्ण सेनको २०१३ साल कार्तिक ३ गते पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भएको थियो । कृष्ण लाई जनपक्षीय पत्रकार भएकै कारण तत्कालीन सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरिएको थियो ।

जनादेश साप्ताहिकका सम्पादक रहेका उनलाई गिरफ्तारीपश्चात् महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिँदा २०५९ जेठ १३ गते उनको मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार