Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण (तस्बिर )

सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण (तस्बिर )

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १३ २०८२


सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण (तस्बिर )

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले पशुपालक र किसानलाई कृषि सामग्री वितरण गरेको छ । नगरको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।

नगरको आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख बराबरको मल्चिङ प्लाष्टिक, ३३९ जना किसानलाई १२ लाख बराबरको टनेल, २६ जना किसानलाई १६ लाख बराबरको हाते ट्याक्टर र ६३ जना किसानलाई ६ लाख रुपैयाँ बराबरको काउ म्याट बितरण गरिएको छ । जसमा किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ ।

सामग्री बितरण कार्यक्रममा नगरका उप प्रमुख दुर्गा कुमार बरालले अनुदानमा बितरण गरिएका सामग्रीको नगरले विगतका बर्षहरुबाटै आफ्ना अनुकुल वितरण नगरेर सवै वडाको समान प्रतिनिधित्व सहित व्यवसायिक किसानहरुमा वितरण गर्ने गरेको बताए । उनले वडाको सिफारिमा मात्र सामग्री बितरण गरिएको जानकारी दिए ।

उनले नगरले अनुगमन गर्ने क्रममा अनुदान दिइएका सामाग्रीहरु अन्यत्र विक्री वितरण गरिएको पाइएका प्राप्त हुने सुविधामा समेत कटौती गर्न सक्ने बताए । उनले नगरले किसानहरुका घरमा आकस्मिक रुपमा अनुगमन गर्ने भएकाले प्राप्त सामाग्रीहरुको सदुपयोग गर्न आग्रह गरे । उक्त कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले कृषि र पशु क्षेत्रको बिकास र बिस्तारका लागि सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

राईले नगरपालिकाले किसानहरुको सहजताको लागि कृषि एपको विकास गरिएको बताए । उनले एपमा विभिन्न रोग र निदानको बारेमा समेत जानकारी राखिएको बताए । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नं ७ का वडाध्यक्ष एलबी राई लगायतको सहभागिता रहेको थियो ।

सूर्योदयमा चिया, स्कुस, आलु, अदुवा, अलैची , अकबरे अम्लिसो जस्ता नगदे बाली उत्पादन हुने गरेको छ । यो नगरपालिका दुध उत्पादन गर्ने अग्रणी क्षेत्र समेत हो । नगरले यस अघि नै पशुमा लाग्ने खोरेत रोग बिरुद्धको अभियान समेत संचालन गरिसकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार