Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा आगामी जेठ १५ र १६ गते अन्तरराष्ट्रिय साहित्य सम्मेलन हुने

सूर्योदयमा आगामी जेठ १५ र १६ गते अन्तरराष्ट्रिय साहित्य सम्मेलन हुने

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ १३ २०८२


सूर्योदयमा आगामी जेठ १५ र १६ गते अन्तरराष्ट्रिय साहित्य सम्मेलन हुने

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आगामी जेठ १५ र १६ गते अन्तरराष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य , कला तथा संगीत प्रतिष्ठानको आयोजनामा नेपाल तथा भारतका साहित्यकारको उपस्थितिमा साहित्य सम्मेलन हुने भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई सहितका साहित्यकारको सहभागिता रहने छ ।

१५ गते फिक्कल बजारमा प्रभातफेरी सहित कार्यक्रम उद्घाटन गरिने नगरका शिक्षा शाखा प्रमुख तथा नगर साहित्य , कला तथा संगीत प्रतिष्ठान सदस्य सचिव योगनिधी भट्टराईले जानकारी दिए । पहिलो दिन स्थानीय साहित्यकारले कविता वाचन गर्ने छन । सोहि दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव प्रसाद अधिकारीको उपस्थितिमा ‘दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण’ शिर्षकमा बहस कार्यक्रम आयोजना गरिएको छ ।

दोस्रो दिन १६ गते भारतको सिक्किम, दार्जिलिङ, मिरिक,  काठ्माण्डौ, मोरङ, सुनसरी, झापा, इलाम , पाँचथर र ताप्लेजुङका साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम छ । सोहि दिन साझ गजल बाचन कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त दिन ‘सूर्योदयको साहित्यको बिकास र राष्ट्रिय साहित्य सम्बन्ध’ शिर्षकमा बहस हुने छ । साहित्यकार अमर न्यौपाने, प्राज्ञ राजन मुकारुङ र साहित्यकार कुलप्रसाद ढकाल बिच उक्त बहस कार्यक्रम हुने छ ।

नगर उप प्रमुख तथा नगर साहित्य , कला तथा संगीत प्रतिष्ठान अध्यक्ष दुर्गाकुमार बरालले नेपाली भाषा साहित्य, कला र संस्कृतिको बिकासका लागि नगरले उक्त कार्यक्रम गरेको जानकारी दिए । उनले परिश्चमा संस्कृतिले हाम्रो भाषा , संस्कार माथी नकारात्मक प्रभाव पारि रहेको बेला साहित्यको माध्यमबाट बचाउमा लागेको उल्लेख गरे ।

कार्यक्रम सम्पन्न गर्नका लागि नगरले बार्षिक स्वीकृत कार्यक्रममै छ लाख ५० हजार रुपियाँ बिनियोजन गरेको छ । उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख रण बहादुर राईले दिगो बिकासका लक्ष्यमा आधारित रहेर नगरले काम गर्दै गर्दा साहित्य क्षेत्र ओझेल परेकाले यस्ता कार्यक्रम गर्न जरुरी भएको बताए । उनले छिमेकी भारत संग भाषा, संस्कृति रहनसहन र पर्यापर्यटन जोडिएकोले कार्यक्रमले चौतर्फी रुपमा सहकार्यका ढोका खोल्ने अपेक्षा गरेको बताए ।

कार्यक्रममा भारतका साहित्यकार सविता संकल्प, नरेन्द्र गोर्खा, डिएल प्रधान, प्रविन खालिङ, कमल तामाङ लगायतको सहभागिता रहने छ । सोहि कार्यक्रमको अवसरमा जेठ १७ गते साहित्यकार कविता राई गाउँलेको ‘फाटकमा घाम’कविता सग्रहको बिमोचन समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार