Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाम र झापामा जबरजस्ती करणी, दुई जना पक्राउ

इलाम र झापामा जबरजस्ती करणी, दुई जना पक्राउ

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १२ २०८२


इलाम र झापामा जबरजस्ती करणी, दुई जना पक्राउ

इलाम । इलाममा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका-४ छयारछयारे बस्ने ३२ वर्षीय गोविन्द विष्ट रहेका छन् ।

गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कन्काई नगरपालिका८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार