इलाम । जिल्ला बुद्दिचाल संघ इलामको अध्यक्षमा तारानिधि घिमिरे चयन भएका छन् । संघका अध्यक्ष प्रकाश परियारको अध्यक्षता, बुद्दिचाल महासंघको वरिष्ठ उपाध्यक्ष दिपेन राईको प्रमुख आतिथ्यता एवं जिल्ला खेलकुद विका समितिको अध्यक्ष खगेन्द्र वास्तोलाको विशेष आतिथ्यमा भएको आठाै जिल्ला अधिबेशनले ७ सदस्य समिति निर्वाचित गरेको छ ।
इलाम सदरमुकाममा भएको संघको अधिबेशनले कार्यक्रमका परियारले प्रस्तुत गरेको प्रतिबेदन पास गर्दै संघको विधान बमोजिम निर्वाचित भएको समितिको उपाध्यक्षमा गणेश घिमिरे, सचिवमाश्याम स्याम्बो लिम्बु, कोषाध्यक्षमा मनिसा लिम्बु, सदस्यहरुमा आकाश लिम्बु(तुलसि), सरोज लिम्बु र निवता राइ रहेका छन् ।
समितिमा दुई जना सदस्यहरु भने एक जना जिल्ला खेलकुद विकास समितिले सिफारिस गर्ने छ भने एक जना अध्यक्षले समितिको सहमतिमा मनोनित गर्नेछन् । कार्यक्रममा जिल्लामा सबै भन्दा विद्यालयमा चेस गतिविधि गर्ने सुर्योदय नगरपालिका खेलकुद विकास अध्यक्ष सौरभ आचार्यलाइ सम्मान गरिएको थियो ।
कार्यक्रम, राष्ट्रिय अनुसन्धान इलामका प्रमुख तुलसी प्रसाद प्रसाइ, चेसका पुर्वाअध्यक्ष डम्बरसिँ गदाल, पुर्वअध्यक्ष याम प्रसाद लिम्बु, जिल्ला फुटबल संघ अध्यक्ष विक्रम श्रेष्ठ, नेपाल कृकेट संघ केन्द्रिय सदस्य अर्जुन पौडेल, इलाम नगर खेलकुद समिति अध्यक्ष महेश श्रेष्ठ, सुर्योदय नगर खेलकुद अध्यक्ष सौरभ आचार्य, ओसिएस क्लब अध्यक्ष ध्रुव राई साथै पालिका बुद्दिचाल संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
निर्वाचितलाइ निर्वाचन मण्डलका प्रमुख याम प्रसाद लिम्बु, सदस्यहरु अशोक प्रधान र मुकेश महराले प्रमाणपत्र वितरण गरेका थिए । २०४५ सालमा स्थापना भएको बुद्दिचाल संघ यस भन्दा अगाडि पहिलो अधिबेशनबाट श्याम कुमार शाहा क्रमशः दोश्रो डम्बर सिँह गदाल-२०५५, तेस्रो पुन श्याम कुमार साहा-२०६०, चौथो दिपेन राइ-२०६९ भदौ, पाचौं याम प्रसाद लिम्बु-२०७३ असार ५, छैठौं पुनः याम प्रसाद लिम्बु-२०७६ साउन २५ र सातौ अधिबेशन यस भन्दा अगाडी २०८९ फागुन ७ गतेले प्रकाश परियारलाइ अध्यक्षमा निर्वाचित गराएको थियो । इलाममा चेसको अन्तर्राष्ट्रिय प्रतियोगिता एक पटक, राष्ट्रिय एक पटक, प्रदेश स्तरिय ५ पटक, जिल्ला स्तरीय दर्जनौं पटक भएको छ भने एक दिवसिय सयौं पटक प्रतियोगिता सम्पन्न भैइसकेको ।
इलामलाई चेसको उर्वर भुमिको रुपमा लिने गरिएको छ । आगामी दिनमा चेसको विकास, विस्तार र प्रवर्द्धन गर्दै समितिलाइ अत्यन्तै कृयाशिल राख्ने चेसको माध्यम बाट नागरिकको मानसिक, शारिरिक विकास, राष्ट्रिय प्रतिष्ठा अभिबृदि गरि चेसक्क समानुपातिक विकास र विस्तार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष गणेश घिमिरेले गरेका थिए । संचालन निवर्तमान कोषाध्यक्ष एवं नवनिर्वाचित सचिव श्याम सेम्बु लिम्बुले गरेका थिए । कार्यक्रममा अधिबेशन भएका ८ वटा पालिका र २ वटा सम्पर्क समितिबाट प्रतिनिधि सहभागी भएका थिए ।