Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २६ २०८२


निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

निरञ्जन अघिकारी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा भएको २०औं साधारण सभाले अघिकारीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिकारी अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । अधिकारी ४५ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भए ।

महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए । उनका प्रतिद्धन्द्धी राजु घिसिङले २९ मत पाए । गोविन्दराज नेपाललाई पछि पार्दै अनिल मल्ल ठकुरी ‎सचिवमा निर्वाचित भए । मल्लले ५१ र नेपालले २८ मत प्राप्त गरे ।

नमिता दहाल महिला सदस्यमा निर्विरोध चयन हुँदा तीन पुरुष सदस्यमा रमेश सुवेदी, अभिनव जोशी र कविरस शर्मा निर्वाचित भए । सुवेदी सर्वाधिक ५७ मत पाए । यसैगरी कविरसले ५४ र अनिवले ३९ मत प्राप्त गरे । दस्यका उम्मेदवार भुपेश उपाध्यायले ३१ र विनयज्योती सापकोटाले २९ मत हासिल गरे ।

निर्वाचनमा कूल ८० मत खसेको थियो । अघिल्ला दुई कार्यकालमा दुर्गानाथ सुवेदी ९देवेन्द्र० ले नेतृत्व गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र हस्तान्तरण गरे । मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको थियो ।

निर्वाचनअगाडिको बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यबहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार