Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन (तस्बिरहरु)

भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख २३ २०८२


भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन (तस्बिरहरु)

करफोक । नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव र काउन्सिलर अनिस कुमार सिह आफ्नो धार्मिक यात्राको क्रममा ताप्लेजुङ यात्राको क्रममा इलामको सूर्योदय नगरपालिका ११ स्थित करफोक माध्यमिक विद्यालय अध्ययन गरेका छन् । राजदूतले भारतीय सहयोगमा निर्माण सम्पन्न करफोका विद्या मन्दिर माध्यमिक विद्यालयको अवलोकन गरेका थिए ।

त्यसैगरी भारतीय सहयोगद्वारा ५० बर्ष अघि निर्मित इलाम अस्पतालको समेत निरीक्षण गर्ने र इलाम नगरपालिकाद्वारा डिपिआर तयार पारी उक्तअस्पताललाई अत्याधुनिक संरचना सहित सञ्चालन गर्ने विषयमा उनले चासो व्यक्त गरेका छन् । त्यस क्रममा राजदुत श्रीवास्तवले चासो सहित छिट्टै नै बजेट व्यवस्थापन गर्ने बिषयमा पहल गर्ने बताए ।

करफोक विद्या मन्दिरको अध्ययनका क्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिका १० का अध्यक्ष दिलिप प्रधान लगायतको उपस्थिति रहेको थियो । नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव पूर्व नेपालको ताप्लेजुङ जिल्लाको पाथिभराको भ्रमणका लागि गएका हुन् ।

थप तस्बिरहरु : 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार