Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

करेन्ट लागेर इलामका खगेन्द्रकाे मृत्यु

करेन्ट लागेर इलामका खगेन्द्रकाे मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख २० २०८२


करेन्ट लागेर इलामका खगेन्द्रकाे मृत्यु

इलाम । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ मा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ । वैशाख १९ गते बिहान ताप्लेजुङ मेरिङदेन-३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रक्सनको आउटलेट साईडप्लान्टमा काम गर्ने क्रममा करेन्ट लागेर ईलामको माई नगरपालिका-१ बतासे का २४ वर्षीय खगेन्द्र राईकाे मृत्यु भएकाे हाे ।

हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार