रोङ । इलामको रोङ गाउँपालिका–१ सिरिसेकी रक्षा विलासी ओमानमा सम्मानित भएकी छन् । नेपाली समुदाय सेवा समाज सोहार ओमनको प्रथम बार्षिक उत्सवको अवसरमा विलासी सम्मानित भएकी हुन् । उनीसंगै चर्चित नेपाली राष्ट्रिय कलाकार हेमन्त शर्मा कबिता खत्री र रबि रजक रहेका छन् । कार्यक्रमका प्रमु अतिथि ओमनका लागि नेपालका राजदूत डोरनाथ अर्यालले सम्मानपत्र प्रदान गरे ।
बार्षिक उत्सवको अवसरमा नेपाली राष्ट्रिय कलाकारको साथमा गायन नृत्य लगायतका कार्यक्रम २५ अप्रिल २०२५ ( बैशाख १२) सम्पन्न भएको थियो । बैदेशिक रोजगारीको शिलशिलामा ओमन रहेका नेपालीहरु विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर यस्ता बिबिध कार्यक्रम गर्दै आएका छन ।
ओमनमा क्रियाशिल नेपाली सस्थाहरु नेपाली समाज ओमन,गैर आवासिय सोसियल क्लव, नेपाली मगर संघ, तमु समाज, नेपाल किरात समाज , नेपाली जनप्रगतिशिल मन्च जस्ता चौध बढी संस्थाहरु रहेका छन । नेपाली समुदाय सेवा समाज सोहार ओमनको आयोजनामा भएको सो सास्कृतिक कार्यक्रम सस्थाका अध्यक्ष गौतम सापकोटाको सभापतित्व तथा गोम शरु मगर दिपक दङगाल र मुना तामाङको संचालन मा सम्पन्न भएको थियो ।