माई । इलामको माई नगरपालिका–६ भोटेटारवाट विहिवार १३२ क्युविक गोलिया बरामद गरिएको छ। सुर्यमुखी सामुदायिक वन उपभोक्ता समुह माई–६ भोटेटारको जंगलमा बेवारिसे अवस्था टुना बनाई राखिएको सखुवा जातको १० थान गोलिया बरामद गरिएको माई सव डिभिजन वन कार्यालय सुखानीका वन अधिकृत भुवनमणि शर्माले जानकारी दिए ।
अधिकृत शर्माका अनुसार बुधवार राति जंगलमा राखेर गोलिया लग्न लागेको भन्ने जानकारी आएपछि विहिवार माई सव डिभिजन वन कार्यालय सुखानीको टोलीले वन क्षेत्रबाट गोलिया बरामद गरेको हो । बरामद गोलिया सव डिभिजन वन कार्यालय सुखानी लगिएको छ। बरामद भएको गोलिया करिव ४ लाख मुल्य वराबरको रहेको छ।
सुर्यमुखी सामुदायिक वन उपभोक्ता समुह लामो समय देखि पदाधिकारी विहिन रहि निस्क्रिय रहेको बताइएको छ ।