Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नरेश र सुनिताको आवाजमा ‘मेरी साँइली’ सार्वजनिक

नरेश र सुनिताको आवाजमा ‘मेरी साँइली’ सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ११ २०८२


नरेश र सुनिताको आवाजमा ‘मेरी साँइली’ सार्वजनिक

माङसेबुङ । गायक तथा संगीतका नरेश लिङदेन र गायिका सुनिता थेगिमको आवाजमा विल्कुलै नयाँ गित ‘मेरी साँइली’ सार्वजनिक गरिएको छ । विजय मगरको शव्द तथा शाहिल लिम्बूको संगीतमा टिपिकल लोक भाका र पालाम फ्युजन गरेर तयार पारिएको मिठो भाका ‘मेरी साँइली’को लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।

विषम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियो र माहोल रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् । गितमा विक्रम राई, दिप्सन लिम्बू, शाहिल लिम्बू संगिता रानापायली र तारा लिङदेनले समेत सपोर्टिङ आवाज भरेका छन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक तथा संगीतकार शाहिल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार