Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली गाउँपालिकाद्धारा ११ जना रग्बी खेलाडी सम्मानित

चुलाचुली गाउँपालिकाद्धारा ११ जना रग्बी खेलाडी सम्मानित

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख १० २०८२


चुलाचुली गाउँपालिकाद्धारा ११ जना रग्बी खेलाडी सम्मानित

इलाम । इलामको चुलाचुली गाउँपालिकाले ११ जना रग्बी खेलाडीलाई सम्मान गरेको छ । चुलाचुली गाउँपालिका अध्यक्ष कपको फाइनल कार्यक्रममा गाउँपालिकाबाट उत्पादन भएका पुरुष र महिला राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाली राष्ट्रिय यु–२० टिमका उपकप्तानद्धय चुलाचुली–३ का मनिस हिङमाङ र चुलाचुली–३ सुजा राई रहेका छन् ।

त्यसैगरी चुलाचुली–४ कै रोजिना साँवा, विडिसा राई, लक्की बलम्पाकी, सोन मगर, अनिता कम्मर र मिराज बिक रहेका छन् । चुलाचुली–३ का निराजन राई र देउकुमार दास तथा चुलाचुली–५ का सन्जय लिम्बु रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले सम्मानपत्र र दोसल्ला ओडाएका छन् ।

खेलाडीको सम्मानपछि रग्बी संघका अध्यक्ष विजु लिम्बुले चुलाचुली गाउँपालिकामा सम्मान संगसगै ब्यवस्थापन र खेलाडि उत्पादन मा संधैभरि स्थानिय सरकारको हातेमालो भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार