Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

तीर्थयात्रु लिएर पाथीभरा जाँदै गरेको जिपमा कसरी लाग्यो करेन्ट ?

तीर्थयात्रु लिएर पाथीभरा जाँदै गरेको जिपमा कसरी लाग्यो करेन्ट ?

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख ८ २०८२


तीर्थयात्रु लिएर पाथीभरा जाँदै गरेको जिपमा कसरी लाग्यो करेन्ट ?

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार