इलाम । जी आइ एस खेती प्रणाली नेपालको अलैँची खेतीमा कार्यान्वयन हुने भएको छ । माटोको प्रकार, उत्पादन योजना र सिंचाई प्रवद्र्धनको व्यवस्था सहितको जी आइ एस खेती प्रणाली इलाममा कार्यान्वयन हुन लागेको हो ।
जी आइ एस खेती प्रणाली भन्नाले भौगोलिक सूचना प्रणालीको प्रयोग गरेर कृषि प्रणालीलाई प्रभावकारी बनाउने विधि हो । जि आइ एस यस्तो एउटा प्रविधि हो जसले स्थानसँग सम्बन्धित डाटा सङ्कलन, विश्लेषण, व्यवस्थापन र प्रस्तुत गर्न मद्दत गर्छ । यस प्रविधिले कृषकलाई ठ्याक्कै कुन ठाउँमा कुन बाली लगाउने, कति मल हाल्ने र पानीको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय लिन सहयोग पु¥याउँछ । सन् १९६० बाट बिकसित भएको जि आइ एस खेती प्रणाली सन् १९८० बाट व्यापक प्रयोगमा आएको थियो ।
जुन खेती प्रणाली नेपालको अलैची खेतीमा कार्यान्वयन हुने भएको छ । सरकारले एक देश एक उत्पादनमा अलैँची खेती छनौट गरेको छ । अलैँची खेतीमा जिआइएस खेती प्रणालीको विकास गर्न संयुक्त राष्ट्रसंघको खाध्य तथा कृषि संगठनले सहयोग गर्दै आएको हो । वातावरणलाई राम्रो बनाउने र दिगोपनलाई ध्यान दिने उदेश्यले अलैँची खेतीमा जि आई एस खेती प्रणाली कार्यान्वयन हुन लागेको अलैची विकास केन्द्रका राजन परियारले बताए ।
चाइनिज एकाडेमी एण्ड साइनसेजका प्राध्यापकहरुको जि आई एस खेती प्रणाली कार्यान्वयन गर्न इलाममा अध्ययन गरेका छन् । एक देश एक उत्पादनमा छनौट भएको इलामको रोङ गाउँपालिका छनौट भएको छ । प्राध्यापक लु च्वाङको नेतृत्वमा नेपाल आएको ४ सदस्य चाइनिज एकाडेमी एण्ड साइनसेजका प्रनितिधिले सूर्योदय नगरपालिका ९ मा रहेको अलैची विकास केन्द्र र रोङ गाउँपालिकामा अध्ययन गरेका छन् ।
चिनका प्राध्यापकहरुको टोलीले २ दिन माटो र हावापानीको अध्ययन गरेका हुन् । जिआईएस खेती प्रणालीले नेपालको अलैँची अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सहयोग पु¥याउने संयुक्त राष्ट्रसंघको खाध्य तथा कृषि संगठन नेपालका दिपकरत्न तुलाधरले बताए । भूमि, पानी, बाली, मौसम, उर्वर, रोग र उत्पादन प्रणालीको बारेमा ठोस, स्थानमा आधारित जानकारी उपलब्ध हुनु जिआईएस खेती प्रणाली हो ।
थप तस्बिरहरु :