Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बार्सिलोनाको रोमाञ्चक पुनरागमन जित

बार्सिलोनाको रोमाञ्चक पुनरागमन जित

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ७ २०८२


बार्सिलोनाको रोमाञ्चक पुनरागमन जित

इलाम । स्पेनिस लिग लिडर बार्सिलोनाले रोमाञ्चक पुनरागमन गर्दै आफूलाई यो सिजनको उपाधि नजिक पुर्‍याएको छ । शनिवार राती सेल्टाभिगोसँगको खेलमा ३–१ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्साले ४-३ को रोमाञ्चक जित दर्ता गरेको हो । खेलको पहिलो अग्रता भने १२ औँ मिनेटमा टोरेसको गोल मार्फत बार्सिलोनाले गरेको थियो ।

तर त्यसयता बोर्जा इग्लेसियासले सेल्टाभिगोको लागि आफ्नो ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई निराश बनाएका थिए । तर ६४ औँ मिनेटमा ओल्मो र ६८ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्साले निर्धारित ९० मिनेटमा बराबरी गर्न सफल भयो । ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले गोल गरेपछि बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल बन्दै यो सिजनको उपाधिमा बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएको छ ।

३२ खेलबाट बार्सिलोना ७३ अङ्क सहित पहिलो स्थानमा यथावत् छ । रियल मड्रीडको ३१ खेलबाट ६६ अङ्क पुगेको छ । पराजित सेल्टा भिगो ४३ अङ्क सहित आठौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार