Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

डिल्लीराम श्रेष्ठको नेतृत्वमा सूर्योदय टी प्रोडयुसर्सको नयाँ समिति गठन

डिल्लीराम श्रेष्ठको नेतृत्वमा सूर्योदय टी प्रोडयुसर्सको नयाँ समिति गठन

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख ६ २०८२


डिल्लीराम श्रेष्ठको नेतृत्वमा सूर्योदय टी प्रोडयुसर्सको नयाँ समिति गठन

फिक्कल । सूर्योदय टी प्रोडयुसर्स एसोसिएसनको अध्यक्षमा डिल्लीराम श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएसनको साधारणसभाका श्रेष्ठको नेतृत्वमा नयाँ कार्यकालका लागि समिति गठन भएको हो । यसअघि अध्यक्ष उत्तम कुमार श्रेष्ठ अध्यक्षको रुपमा रहेका थिए । श्रेष्ठ यसअघि समितिको बरिष्ठ उपाध्यक्ष रहेका थिए । श्रेष्ठले यसअघि अध्यक्ष पुनम राईले पदबाट राजिनामा दिएपछि कार्यबाहकको रुपमा करिब डेढ बर्ष अध्यक्ष चलाएका थिए ।

समितिको बरिष्ठ उपाध्यक्षमा अभिनन्द गिरी निर्वाचित भएका थिए । गिरी यसअघि दोश्रो उपाध्यक्ष रहेका थिए । महासचिवमा गोपाल कट्टेल निर्वाचित भएका छन् । कट्टेल यसअघि सचिव रहेका थिए । सचिवमा खेमराज प्रधान रहेका छन् । कोषाध्यक्षमा सुजन ढुंगेल रहेका छन् । समितिको प्रबक्ता बुद्ध तामाङ रहेका थिए ।

अघिल्लो समितिका सहसचिव तामाङलाई प्रवक्ताको जिम्मेवारी समेत दिइएको थियो । समितिको सदस्यहरुमा महेश अर्याल, समीर श्रेष्ठ, मिलन खड्का, दिनेश अग्रवाल, मनोज श्रेष्ठ र नगेन राई रहेका छन् । समितिको सल्लाहकारमा आदित्य पराजुली, पुनम राई। दिपेश श्रेष्ठ, अशोक कुमार मुरारका र रामकुमार राठी रहेका छन् । एसोसिएसनमा सूर्योदय नगरपालिकाका ६० भन्दा बढि साना ठुला उद्योग आवद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार