Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

भारतीय नागरिकको घुमफिरको गन्तव्य इलाम बन्छ : भारतीय पर्यटन व्यवसायी सन्जिव अग्रवाल

भारतीय नागरिकको घुमफिरको गन्तव्य इलाम बन्छ : भारतीय पर्यटन व्यवसायी सन्जिव अग्रवाल

  • सन्देश सम्बाददाता
  • शनिबार, बैशाख ६ २०८२


भारतीय नागरिकको घुमफिरको गन्तव्य इलाम बन्छ :  भारतीय पर्यटन व्यवसायी सन्जिव अग्रवाल

इलाम । भारतको कलकत्तामा ३० वर्षदेखि पर्यटन व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी सन्जिव अग्रवालले नेपालमा पर्यटन व्यवसायको प्रचुर संभावना रहेको बताएका छन् । नेपालमा पर्यटनको संभावना र अवसरको अध्ययन गर्न इलाम आएका अग्रवालले पर्यटन व्यवसायी, पर्यटन सम्बन्धि सरकारी र गैरसरकारी संस्थाका जनप्रतिनिधिहरुसँग छलफल गर्दै पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने कुराको पनि सुझाव दिएका छन् । पश्चिव बंगालको पहाडी क्षेत्र दार्जिलिङ्गमा भारतभरका नागरिक घुम्न जाँदा भिडभाड बढी रहेकाले नेपालको मेची कोरिडोर भारतीय नागरिकको भ्रमणको उपयुक्त गन्तव्य रहेको अग्रवाले बताए ।

ट्राभल एण्ड टुरिजम फेयर पश्चिम बंगालका अध्यक्ष समेत रहेका अग्रवालसँग कोशी प्रदेश सरकारको केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली, नगर पर्यटन विकास समिति इलाम नगरपालिका सभापति शुशिला सापकोटा, उपाध्यक्ष देवी पौडेल, सचिव अर्जुन पोखरेल र केचना कंचनजंघा पर्यटन विकास समितिका निवर्तमान संचालक समिति सदस्य सुजन तिमसिनासँगको भेटमा अग्रवालले दार्जिलिङ्गको तुलनामा इलाम सान्त र घुम्न लायक क्षेत्र भएको बताए ।

उनले भने– नेपालको मेची कोरिडरका पहाडी क्षेत्र, हरियाली चियाबारीमा रमाउन पाउँदाको आनन्द बेग्लै महसुस भएको छ । उनी भन्छन्– इलाममा माईपोखरी रामसार क्षेत्र, कन्याम, अन्तु लगायतका क्षेत्र भारतीय नागरिक घुम्न लायक क्षेत्र रहेका छन् तर थोरै ब्रान्डिङको आवश्यकता रहेको छ । छलफलका क्रममा उनले इलाम लगायत मेची करिडोरको पर्यटन विकास, प्रवद्र्धनका लागि सम्भावनाका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । अग्रवालले इलामका पर्यटन व्यवसायीहरु र सरोकारवालले गर्नुपर्ने कामका बारेमा पनि सुझाव दिएका छन् ।

अग्रवालले प्राकृतिक सुन्दरता, सास्कृतिक विविधता, वन्यजन्तु, साहसिक पर्यटकिय गतिविधीलाई पर्यटकिय उपजसँग जोडेर गरिने गतिविधिमा आफ्नो सहयोग हुने प्रतिवद्धता पनि जनाए । छलफलमा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले नेपालको कोशी प्रदेशको मेची कोरिडोरमा भारतीय पर्यटकहरु ल्याउन र प्रचारप्रसारका लागि विभिन्न गतिविधि गर्दै आएकाले त्यसमा सहयोग गर्न अग्रवाललाई आग्रह गरे । अग्रवालले इलामको सन्दकपुुर गाउँपालिका स्थित रामसार क्षेत्र माईपोखरीको भ्रमण गरेका थिए । उनले माईपोखरी जस्तो सुन्दर रामसार क्षेत्रलाई भारतमा प्रचार गर्न आफु तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार