Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह

भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख ३ २०८२


भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह

इलाम । भोलिदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् हरि प्रसाद दाहालका अनुसार भोलि (विहिबार) बाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । अहिले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’ मौसम विभागका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार