Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बैशाख ६ गते इलाममा नेवि संघ सांस्कृतिक साँझ हुने

बैशाख ६ गते इलाममा नेवि संघ सांस्कृतिक साँझ हुने

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २ २०८२


बैशाख ६ गते इलाममा नेवि संघ सांस्कृतिक साँझ हुने

इलाम । नेपाल विद्यार्थी संघ इलामले सांस्कृतिक साँझ गर्ने भएको छ । स्थापना दिवशको अवसरमा आउने बैशाख छ गते नेविसंघ सांस्कृतिक साँझ गर्ने भएको हो । सांस्कृतिक साँझमा चर्चित गायिका रचना रिमालले प्रस्तुती दिने भएकी छन् । कार्यक्रम इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा सञ्चालन हुने छ ।

स्थापना दिवशको अवसरमा सांस्कृतिक साँझ सहित नेपाल विद्यार्थी संघ इलामका पूर्व सभापतिलाई सम्मान गर्ने कार्यक्रम तय भएको नेविसंघ इलामका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए । उनका अनुसार सोही दिन नयाँ वर्षको अवसरमा प्रकाशित भित्ते पात्रो समेत बिमोचन गरिने छ ।
को-को हुन् नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति ?
नेपाल विद्यार्थी संघको स्थापना २०२७ सालमा भएको हो । केन्द्रमा स्थापना भएकै वर्ष इलाममा समेत जिल्ला कार्य समिति गठन भएको हो । नेपाल विद्यार्थी संघ इलामका संस्थापक अध्यक्ष सुधिर शिवाकोटी हुन् । उनी २०२७ सालमा नेपाल विद्यार्थी संघ इलामको अध्यक्ष भएका थिए । त्यसपछि टंक बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष भए ।

तेस्रो कार्यकालका लागि केशव थापा जिल्ला सभापती भएका थिए । त्यसपछि क्रमश टंक कट्टेल, केदार थापा, राजेन्द्र शर्मा, होम दुलाल, मोति साङपाङ राई, लोकनाथ आचार्य, कृष्ण श्रेष्ठ, डम्बर खड्का, बिष्णु कार्की, खेमराज राई, डिकेन्द्र इदिंगो र हाल टीकाराम पुरी रहेका छन् । जिल्ला सभापतिले इलाममा नेविसंघ चलायमान गराउन सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान पत्र सहित सम्मान गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार