Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २ २०८२


मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । सिरुवा पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले सिरुवा जस्तो मौलिक पर्वको संरक्षण र सम्बर्धन गर्दै सबै जातजाति धर्म संस्कृतिको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

नेपालका विभिन्न समुदायले महत्त्वपूर्ण चाडको रूपमा मनाउँदै आएको सिरुवा पर्वले एकआपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश एवं देशविदेशमा रहेका नागरिकहरूमा शुभकामना दिँदै कार्कीले कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा यस्ता मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरुलाई समेत आकर्षित गर्ने उल्लेख गरे।

नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसमा हुर्किएको सिरुवा पर्वले हामीलाई सत्मार्गमा हिँड्न प्रेरणा दिने समेत बताएका छन् । मुख्यमन्त्री कार्कीले भाषा ,धर्मसंस्कृति ,रितिरिवाज परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्न सकेमा मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत उल्लेख गरे।

नेपालको तराईका विभिन्न जिल्लामा बस्ने समुदायले सिरुवा पर्वलाई विशेष पर्वको रूपमा मनाउने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार