Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा सडक फुड फेस्टिबल सुरु (तस्बिरहरु)

इलाममा सडक फुड फेस्टिबल सुरु (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, चैत्र ३० २०८१


इलाममा सडक फुड फेस्टिबल सुरु (तस्बिरहरु)

इलाम । स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष २०८२ को अवसर पारेर सडक फुड फेस्टिबल आइतबारबाट सुरु भएको छ । इलाम उद्योग बाणिज्य संघ र महिला उद्यमी बिकास एकाईको संयुक्त आयोजनामा इलाम चोक बजारमा दुईदिने उद्यमी फुड फेस्टिबल सुरु भएको हो । फेस्टिबलको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापा र उपमेयर बिष्णु लिम्बू दाहालले संयुक्त रुपमा गरे । यस किसिमको फेस्टिबलले इलाममा उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरणमा सघाउ पुरयाउनुका साथै आर्थिक मन्दीले सुस्ताएको इलामको व्यापारलाई समेत चलायमान बनाउन सहयोग पुग्ने महिला उद्यमी सन्दकपुर गाउँपालिकाकी लिलादेवी भटटराईले बताए । । फेस्टिबलले इलामको पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने बिश्वास लिइएको छ । स्टलमा मड्काको चिया, वाचिपा, केराबाट बनेका परिकारहरु, कोदोको मम, गुन्द्रुक, टिमुर, अचारका आइटम, फूल तथा बासबाट निर्मित सामाग्री लगायतका सामाग्रीहरु राखिएको छ । यस्तै स्थानीय रैथाने खानाका परिकारहरु समेत राखिएको छ । फेस्टिबलमा बिभिन्न जातिय सहितका सांस्कृतिक कार्यक्रमहरु समेत रहेको छ ।

आन्तरिक तथा वाह्य पर्यटनको लागि समेत फुड फेस्टिवलले प्रचारप्रसारमा सहयोग आयोजकको बिश्वास छ । २०६८ सालदेखि नयाँ बर्षको अवसरमा सडक महोत्सवको नाममा महोत्सव हुँदै आएपनि यो बर्षबाट महिला उद्यमीलाई प्रोत्साहन र उनीहरुले बनाएका सामाग्रीको बजारीकरणमा सघाउ पुरयाउन उद्यमि फुड फेस्टिबल मनाउन सुरु गरेको बताइएको छ । फेस्टिबल सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार