Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै

उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र ३० २०८१


उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै

इलाम : चार देशीय टी-२० सिरिजको उपाधि भिडन्तमा आज नेपालले कुवेतसँग खेल्दैछ। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा विहान सवा ११ बजे हुनेछ। शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो।

हङकङले ‌९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो। हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भएका थिए । बाबर हयात र कल्हन चालुले समान १/१ रन बनाएको अवस्थामा वर्षा भएको थियो। तर र‌ंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन्।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। हङकङ र कतारले तेस्रो स्थानका लागि आजै खेल्दैछन्। जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो।

प्रतिक्रिया
सम्बन्धित समाचार