Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाममा एकजनाको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाममा एकजनाको ज्यान गयो

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २९ २०८१


मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाममा एकजनाको ज्यान गयो

माई : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलामका एक व्यक्तिको शनिवार ज्यान गएको छ। माई नगरपालिका वडा नम्बर-८ लालखोला इलामका ४६ बर्षिय मदन राईको शनिवार विहान अन्दाजी ९स्३० वजे मोवाएल चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो। घरमा एक्लै रहेको समयमा मोवाएल चार्जमा राखि चलाउदै गर्दा विद्युत सर्ट भई मोवाइल पड्किएर करेन्ट लागेको थियो ।

आफ्नै छातिमा मोवाइल रहेको अवस्थामा परिवारका सदस्यले दिउँसो ११ बजे देखेको नेकपा माओवादी माई नगर कमिटी सचिव मदन लोक्तामले जानकारी दिए ।  शुक्रबार साँझदेखि बिद्युत अवरुद्ध रहेको माई नगरपालिकामा शनिवार विहान ९ बजे मात्र भोल्टेज घटवढ हुँदै बिधुत आएको थियो। मृतक राई नेकपा माओवादी माई नगर कमिटी सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार