Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गोल्डकप : उपाधिका लागि बुट्टाबारी र ब्रदरहुड भिड्ने

सन्दकपुर गोल्डकप : उपाधिका लागि बुट्टाबारी र ब्रदरहुड भिड्ने

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २९ २०८१


सन्दकपुर गोल्डकप : उपाधिका लागि बुट्टाबारी र ब्रदरहुड भिड्ने

फिक्कल । पाँचौ सन्दकपुर गोल्डकपको उपाधिको लागि बुट्टाबारी युनाइटेड एफसी झापा र ब्रदरहुड एफसी उदयपुर भिड्ने भएका छन् । आज सम्पन्न दोश्रोे सेमिफाइनल खेलमा रेडहर्स एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै बुट्टाबारीले ब्रदरहुडसंगको उपाधि भेट पक्का गरेको हो । इलामसँग बुट्टाबारीको भेट यो छैटौँ हो । यसअघि ३ पटक बुट्टाबारीले आफ्नो पक्षमा पारेको थियो ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा ब्रदरहुडले डिफेन्डिङ च्याम्पियन डाँगीहाट फुटबल क्ल्ब मोरङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । बुट्टाबारीका लागि दुबै गोल सागर रसाइलीले गरे । उनी प्लेयर अफ दि म्याच बन्दै नगद दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । सन्दकपुर गोल्डकपका बुट्टाबारी दोश्रो पटक फाइनल प्रवेश गरेको हो ।

यसअघि गत संस्करणमा डाँगीहाट एफसीसंग फाइनलमा पराजित बन्दै उपविजेतामा सिमित भएको थियो । देउराली स्पोर्टिङ क्लब सन्दकपुरले आयोजना गरेको गोल्डकपको विजेताले नगद २ लाख ५५ हजार र उपविजेता बन्ने टिमले नगद १ लाख ५५ हजारसहित ट्रफी पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार