Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विश्वकप बिजेता कार्लोसको नेपाल भ्रमण दुई दिनको, पहिलो क्वालिफायरको प्रमुख अतिथि

विश्वकप बिजेता कार्लोसको नेपाल भ्रमण दुई दिनको, पहिलो क्वालिफायरको प्रमुख अतिथि

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २८ २०८१


विश्वकप बिजेता कार्लोसको नेपाल भ्रमण दुई दिनको, पहिलो क्वालिफायरको प्रमुख अतिथि

इलाम। ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोसको नेपाल बसाइँ दुई दिनको हुने भएको छ । ब्राजिलबाट विश्वकप विजेतासमेत रहिसकेका कार्लोस नेपालमा जारी नेपाल सुपर लिग ९एनएसएल०का निम्ति आउन लागेका हुन् । प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका अनुसार, कार्लोस अप्रिल १८ मा नेपाल आउनेछन् ।

उनी अप्रिल १९ मा दशरथ रंगशालामा हुने पहिलो क्वालिफायरमा प्रमुख अतिथिको रूपमा रहनेछन् । “फुटबलको सर्वकालीन महान् खेलाडीलाई स्वागत गर्न पाउँदा हामी सम्मानित महसुस गरिरहेका छौँ,” नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका निर्देशक श्रेयान्स कार्कीले भने । व्यावसायिक र अन्तर्राष्ट्रिय करिअरमा रक्षकको भूमिकामा रहेका कार्लोस विशेष गरी असाधारण ‘फ्रिकिक’का निम्ति चर्चित छन् ।

उनले रियाल मड्रिडबाट च्याम्पियन्स लिगको तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै, उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार