इलाम । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको असम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा असम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। असम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।
गत चैत १५ गतेको राजसंस्थावादीको आन्दोलनपछि उनी बेपत्ता भएका थिए। तर उनले पटकरपटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।