Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गोल्डकप : बुट्टाबारी युनाइटेडको जितसंगैै सेमिफाइनल समिकरण पुरा

सन्दकपुर गोल्डकप : बुट्टाबारी युनाइटेडको जितसंगैै सेमिफाइनल समिकरण पुरा

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र २७ २०८१


सन्दकपुर गोल्डकप : बुट्टाबारी युनाइटेडको जितसंगैै सेमिफाइनल समिकरण पुरा

फिक्कल ।  पाँचौ सन्दकपुर गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । बुट्टाबारी युनाइटेड झापाको जितसंगै सेमिफाइनल भिड््ने टिम पक्का भएको हो । अन्तिम क्वाटरफाइनल खेलमा बुट्टाबारीले पाँचथर एफसीलाई ३–१ गोल अन्तरले हराएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शुक्रबार डिफेन्डिङ च्याम्पियन डॉगीहाट फुटबल क्लब मोरङ र ब्रदरहुड फुटबल क्लब बेलका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । डाँगीहाटले आयोजक देउराली स्र्पोटिङ क्लब र उदयपुरले चुलाचुली स्र्पोटिङ क्लबलाई हराएका हुन् ।

दोश्रो सेमिफाइनल खेलमा रेडहर्स एफसी र बुट्टाबारी भिड्ने पक्का भएको छ । रेडहर्सले कोशी प्रदेश प्रहरीलाई हराएको थियो । आजको खेलमा बुट्टाबरीको जितमा सागर रसाइली, उत्तम लिम्बू र भुपाल मगरले एक एक गोल गरे । पॉचथरका लागि विदेशी खेलाडी फोफोनाले सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ दि म्याच बुट्टाबारीका किस्मत लिम्बू घोषितहुँदै नगद दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार