Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र परिचयपत्र वितरण मङ्गलबारेमा हुँदै

बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र परिचयपत्र वितरण मङ्गलबारेमा हुँदै

  • नमीन ढकाल
  • बिहिबार, चैत्र २७ २०८१


बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र परिचयपत्र वितरण मङ्गलबारेमा हुँदै

इलाम : यही बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र (कार्ड) वितरण इलामको मङ्गलबारेबाटै हुने भएको छ । देउमाई नगरपालिकाको विशेष पहलमा बैसाखदेखि इलामका प्रशासन कार्यालय मङ्गलबारेमार्फत विवरण सङ्कलन र परिचयपत्र वितरण गरिने नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।

‘यहाँका जनताले सरमुकामसम्म जानुपर्दा धेरै कष्ट भोग्नुपरिरहेको छ,’ नगरप्रमुख पोख्रेलले भने, ‘हाम्रो निरन्तरको प्रयासले बैसाखदेखि मङ्गलबारेबाटै सेवा प्रवाह हुने निश्चित भएको छ, त्यसका लागि तयारी भइरहेको छ ।’ अहिले यस क्षेत्रका सेवाग्राहीहरु राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र  लिन इलाम सदरमुकाम धाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार