सन्दकपुर : उदयपुरको ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटर फाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो ।
पहिलो हाफको ३०औँ मिनेटमा अनिष आरडीको गोल संगै अग्रता बनाएको चुलाचुलीले दोस्रो हाफमा सम्हालिन नसक्दा क्वाटरफाइनलबाट बाहिरिएको हो । दोश्रो हाफमा कमब्याक गर्दै उदयपुरले ३ गोल गर्न पुग्यो । ६५औँ मिनेटमा ब्रदरहुडका प्रवेश दनुवारले गोल गर्दै खेललाई बराबरी मा पुर्याए ।
खेलको ७८ र ८६ मिनेटमा ब्रदरहुडका क्याप्टेन आकास राईले थप दुई गोल गर्दै अग्रता तेब्बर गरे । इन्जुरी समयको अन्तिम मिनेटमा चुलाचुलीका अनिष आरडीले व्यक्तिगत दोश्रो गोल गरेपनि हार टार्न सकेनन् । खेलको प्लेयर अफ दि म्याच ब्रदहुडका आकाश राई घोषित हुँदै दुइ हजार पॉच सय सहित ट्रफी प्राप्त गरे ।
बिहीबार चौथो तथा अन्तिम क्वाटर फाइनलमा बुट्टाबारी फुटबल क्लब झापा र वाइवाइ पॉचथर फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।