Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गोल्डकप : काेशी प्रहरीलाई हराउँदै रेडहर्स सेमिफाइनलमा

सन्दकपुर गोल्डकप : काेशी प्रहरीलाई हराउँदै रेडहर्स सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २५ २०८१


सन्दकपुर गोल्डकप : काेशी प्रहरीलाई हराउँदै रेडहर्स सेमिफाइनलमा

इलाम । इलामको रेडहर्स एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटर फाइनलमा कोशी प्रदेश प्रहरी टिम विराटनगर रानीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै रेडहर्स अन्तिम ४ मा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

टाइब्रेकरका रेडहर्सका गोलरक्षक निशम दनुवार नायक बने । उनले प्रहरीको २ वटा प्रहार बचाएका थिए । पहिलो हाफको २०औँ मिनेटमा सन्देश खवासको गोलबाट रेडहर्सले अग्रता बनाएको थियो । खेलको ८२औँ मिनेटमा कोशी प्रहरीका अभिषेक आले मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । रेडहर्सका गोलरक्षक निशम दनुवार खेलको प्लेयर अफ दी म्याच बने ।

उनले दुई हजार पॉच सयसहित ट्रफी पाए । भोलि तेस्रो क्वाटर फाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापा र ब्रदरहुड फुटबल क्लब बेलका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र र उपविजेताले १ लाख ५५ हजार पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार