Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आयोजक देउरालीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन डाँगीहाट बिजयी

आयोजक देउरालीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन डाँगीहाट बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र २४ २०८१


आयोजक देउरालीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन डाँगीहाट बिजयी

फिक्कल । डिफेन्डिङ च्याम्पियन डाँगीहाट एफसी मोरङले इलाममा जारी पाँचौ सन्दकपुर गोल्डकपमा विजयी सुरुवात गरेको छ । सन्दकपुर गाउँपालिका–३ देउराली स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु टिम देउराली स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मोरङले सेमिफाइनलमा स्थान बनाएको हो ।

मोरङको जितमा सविन राई र अविशेक बञ्जराले गोल गरे । देउरालीका अविशेक राईले सान्तवाना गोल फर्काए । खेलको २९ औ मिनेटमा सविन राईले मोरङलाई अग्रता दिलाए । ३४ औ मिनेटमा अविशेक बञ्जराले अग्रता दोब्बर बनाए । खेलको ७३ औ मिनेटमा अविशेक राईले गोल गर्दै अन्तर घटाएपनि आयोजक टोली क्वाटरफाइनलबाट बाहिरिएको छ ।

म्यान अफ दि म्याच मोरङका सबिन राई घोषित हुँदै नगद २ हजार ५ सय र ट्रफी प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगर र रेडहर्स एफसी इलाम बिच प्रतिस्पर्धा हुनेछ । वैशाख १ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र ट्रफी तथा उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार