Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राम नवमी कप २०८१ : भेट्रान तर्फ दमकलाई उपाधि

राम नवमी कप २०८१ : भेट्रान तर्फ दमकलाई उपाधि

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र २४ २०८१


राम नवमी कप २०८१ : भेट्रान तर्फ दमकलाई उपाधि

फाकफोकथुम । प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता-२०८१ को भेट्रान तर्फ दमक नगरपालिका झापाले उपाधि जितेको छ । फाकफोकथुम–५ नवमी बजार स्थित पोखरी खेल मैदानमा भएको खेलमा मिक्लाजुङ गाउँपालिकालाई १–० गोल अन्तर ले हराउँदै दमक च्याम्पियन भएको हो । दमकको लागि दोस्रो हाफको ७औं मिनेटमा दिपेन गिरीले गोल गरे ।

उनको गोलमा कप्तान तुला मगरले पास मिलाएका थिए । प्रतियोगिताको विजेताले नगद २० हजार सहित ट्रफी प्राप्त गरेको छ । उपविजेताले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिसस इलाम जिल्ला प्रमुख जय प्रकाश राई सहित फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, आयोजक समितिका अध्यक्ष प्रविण राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार