Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली अध्यक्ष कप : उद्धघाटन खेलमा चुलाचुली र कमल भिड्ने

चुलाचुली अध्यक्ष कप : उद्धघाटन खेलमा चुलाचुली र कमल भिड्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २३ २०८१


चुलाचुली अध्यक्ष कप : उद्धघाटन खेलमा चुलाचुली र कमल भिड्ने

इलाम । इलामको प्रथम चुलाचुली अन्तरपालिका स्तरिय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा चुलाचुली गाउँपालिका र कमल गाउँपालिका झापा भिड्ने भएका छन् । चुलाचुली गाउँपालिका स्तरीय युवा तथा खेलकुद समन्वय समितिको आयोजना तथा चुलाचुली ४ नम्बर वडा कार्यालय को सहआयोजना मा आगामी बैशाख ३ गतेदेखी प्रतियोगिता सुरु हुँदैछ ।

चुलाचुली–४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालयको खेल मैदान संचालन हुने प्रतियोगिता बारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद रु. १ लाखका साथमा ट्रफी मेडल र प्रमाण पत्र तथा उपबिजेताले नगद रु. ५० हजारका साथ मा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद समन्वय समितीका संयोजक डम्बर तुम्रोकले जानकारी दिए । प्रतियोगिताको फाइनल बैशाख १० गते हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागी चुलाचुली गाउँपालिका ले नगद ८ लाख तथा ४ नम्बर वडा कार्यालयले १ लाख रुपैया दिएकोछ । प्रतियोगितामा चुलाचुली गाउँपालिकासंग भौगोलिक सिमाना जोडिएका पालिकाहरु झापाको दमक नगरपालिका, कमल गाउपालिका मोरङको मिक्लाजुङ गाउँपालिका तथा इलामको माइ नगरपालिका र माङसेबुङ गाउँपालिका का १/१ टिम सहित आयोजक चुलाचुली गाउँपालिकाको २ टिम सहभागि छन् ।

स्थानीय स्तरमा गुणस्तरिय खेलाडीहरु उत्पादनका लागी आयोजकले आगामी चैत्र २९ र ३० गते चुलाचुली गाउपालिका भित्र रहेका ६ वटा वडाहरु लाई समेटदै वडा स्तरिय १६ वर्ष मुनिका खेलाडी हरुको अन्डर सिक्स्टिन प्रतियोगिता समेत सञ्चालन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलन मा चुलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ,चुलाचुली ४ का वडाध्यक्ष सागर जबेगु,चुलाचुली ५ का वडाध्यक्ष बबिन राई लगायत ले उक्त प्रतियोगिता का लागी शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार