Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

बिएण्डसीमा प्रेसर जँचाएर भारततिर लागे दुर्गा प्रसाईं

बिएण्डसीमा प्रेसर जँचाएर भारततिर लागे दुर्गा प्रसाईं

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २२ २०८१


बिएण्डसीमा प्रेसर जँचाएर भारततिर लागे दुर्गा प्रसाईं

बिर्तामोड । चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भड्किएपछि त्यहाँबाट फरार भएका दुर्गा प्रसाई बिएण्डसी मेडिकल कलेजमा प्रेसर जाँच गराएर भारततर्फ लागेको पाइएको छ । आफैले गाडी चलाएर आएका प्रसाईंले निषेधित क्षेत्र तोडेसँगै प्रदर्शनले उग्र रुप रूप लिएको थियो ।

प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि लुकेका प्रसाईंलाई सटरबाट निकालेर अपराह्न ३ः२६ बजे बीएबी ४२०८ नम्बरको गाडीमा पेरिसडाँडा जाने बाटो हुँदै गाडी धनी मुकुन्द दाहाल र चालक ईश्वर विकले बिएण्डसी अस्पतालसम्म ल्याएको तथ्य फेला परेको छ । बिएण्डसी अस्पतालमा प्रेसर जाँच गराएर प्रसाईं पूर्वतर्फ लागेको स्रोतले बतायो ।

स्रोतका अनुसार उनी काकरभिट्टा नाका हुँदै भारत भागेका हुन । त्यसको भोलि पल्ट आफू मन्दिरमा लुकेर बसेको भन्दै प्रसाईको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा देखिएको मन्दिर नेपालकै भनिएपनि स्रोतका अनुसार उनी गइरहने भारतको मन्दिरमा पुगेर उनले भिडियो बनाउन लगाएका हुन् ।

प्रदर्शनस्थलबाट निकै डराएको मुद्रामा बाहिरिएका प्रसाईँ आफूलाई पक्रन प्रहरी आइरहन नपर्ने र बोलाएको ठाँउमा आफैं आउने भन्दै सामाजिक सञ्जालमा लेखेर हालसम्म फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार