फिक्कल । पाँचौ सन्दकपुर गोल्डकपको उद्धघाटन खेलमा आयोजक देउराली स्पोर्टिङ क्लब र डिफेन्डिङ च्याम्पियन डाँगीहाट एफसी मोरङ भिड्ने भएका छन् । सन्दकपुर गाउँपालिका –२ सातखाल्डे खेलमैदानमा आगामी चैत्र २५ गतेबाट प्रतियोगिता सुरु हुँदैछ । बैशाख १ गते सम्पन्न हुने प्रतियोगितामा प्रदेशका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक देउराली स्पोर्टिङ क्लब सन्दकपुर , डाँगीहाट फुटबल क्लब मोरङ ,चुलाचुली स्पोर्टिङ क्लब दमक ,ब्रदरहुड फुटबल क्लब उदयपुर , रेडहर्ष फुटबल क्लब इलाम,कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगर, पाँचथर फुटबल क्लब र बुट्टावारी युनाइटेड झापा रहेका छन् । गोल्ड कपको विजेताले रु २ लाख ५५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुने टिमले नगद १ लाख ५५ हजार आकर्षक ट्रफी मेडल र प्रमाणपत्र ,मेडल पाउने छ ।
विधागत तर्फ समेत नगद पुरस्कार राखिएको छ । प्रतियोगितामा हरेक दिन प्लेयर अफ दि म्याचलाई नगद सहित पुरस्कृत गरिनेछ । गत संस्करणको प्रतियोगितामा बुट्टावारी युनाइटेड झापालाई २–० गोल अन्तरले हराउँदै डाँगीहाटले उपाधि जितेको थियो ।