Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

अन्तरपालिका टी–२० क्रिकेट : त्रियुगालाई हराउँदै माई नगरपालिका बिजयी

अन्तरपालिका टी–२० क्रिकेट : त्रियुगालाई हराउँदै माई नगरपालिका बिजयी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २१ २०८१


अन्तरपालिका टी–२० क्रिकेट : त्रियुगालाई हराउँदै माई नगरपालिका बिजयी

इलाम । दोस्रो कोशी प्रदेश अन्तरपालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा इलामको माई नगरपालिका टिमले बिजयी सुरुवात गरेको छ । सेभेन स्टार क्रिकेट क्लब सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजन र सुनसरी जिल्ला क्रिकेट सङ्घको समन्वयमा इटहरीको डिभिएम खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा माईले त्रियुगा नगरपालिका उदयपुरलाई ३७ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको इलामले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन जोडेको थियो । इलामका लागी अनिल लामिछानेले ९ चौका र ३ छक्का सहित ७६ रनको पारी खेल्दा लभ कामतले ३६ रन , शिबान्स बजगाइँ ११ रन र शुमित शर्माले नट आउट १४ रनको योगदान गरे । त्रियुगाका लागि विरेन्द्र चौधरी, अविनाश अधिकारी, नवराज सिग्देल र जाफर अलीले समान १/१ विकेट लिए ।

उदयपुर टिमका लागी १६० रनको लक्ष्य पछ्याउने क्रममा त्रियुगा १२२ रनमा सेमेटिन पुग्यो । त्रियुगाका लागि निर्देश बस्नेतले २४ रन , प्रकाश सुबेदीले २० रन , युबराज सिग्देल १५ रन तथा प्रभात राईले १४ रन प्रहार गरेपनि जितका लागी पर्याप्त हुन सकेन । माईका लागि बिशाल आचार्यले ३ विकेट लिँदा भरत श्रेष्ठले २ विकेट लिएका थिए ।

श्याम यादव, सुमित शर्मा, हेमन्त राई र प्रज्वल खत्रीले समान १/१ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच माईका अनिल लामिछाने घोषित भए । उनलाई नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य एबम इलाम जिल्ला अध्यक्ष अर्जुन पौडेलले प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार