Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्राधिकरण लथालिंग हुने अवस्था छ, खबरदारी गरौँ : कुलमान

प्राधिकरण लथालिंग हुने अवस्था छ, खबरदारी गरौँ : कुलमान

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २१ २०८१


प्राधिकरण लथालिंग हुने अवस्था छ, खबरदारी गरौँ : कुलमान

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण लथालिंग हुने अवस्था रहेको बताएका छन्। सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले संस्था लथालिंग र भताभुंग हुने अवस्था विद्यमान रहेको भन्दै सधैँ खबरदारी गर्नु जरुरी रहेको पनि बताए।

उनले भने, ‘नेपालमा लोडसेडिङ अन्त्य त भइसक्यो तर अझै प्राधिकरण लथालिंग र भताभुंग हुने अवस्था विद्यमान छ। त्यसैले खबरदारी गर्न जरुरी छ।’ उनले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन्। घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन्।

उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए। प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए।  उनले भने,‘पहिला प्राधिकरण धाउने अवस्था थियो,अहिले फेरियो,बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ।’ उनले लोडसेडिङको अन्त्य गरि ३० लाख विद्यार्थीहरूको भविष्य बनाउन पनि सफल भएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार