सन्दकपुर । इलामको सन्दकपुरमा ६८ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सन्दकपुर गाउँपालिकाको ५ वटै वडामा विविध कार्यक्रम गर्दै सहकारी दिवस मनाइएको हो । सहकारी दिवसकै अवसरमा सन्दकपुर–३ मा बृहतर पशुपालन तथा कृषि सहकारी संस्था लिमिटेडले कार्यक्रम गरेको छ ।
कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) को प्रमुख आतिथ्यता र वडाध्यक्ष लिल बहादुर बुर्जाको विशेष आतिथ्यतामा मा वडा नं ३ का ६ वटा सहकारीले संयुक्त रुपमा कार्यक्रम गर्दै दिवस मनाए । सन्दकपुर गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा सहभागिहरुले कृषिमा अनुदान दिनुपर्ने माग राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले कृषिमा अनुदानको दुरुपयोग भएको कारण प्रदेश सरकारले हाल नदिने गरेको बताइन् । उनले मुलुक विकासका निम्ती सहकारी क्षेत्रको योगदान रहेको बताइन् । गाउँमा थोरै थोरै लगानीबाट स्थापना भएको सहकारीले समृद्धिको ढोका खोलेको बताइन् ।
वृहत्तर पशुपालन तथा कृषि सहकारीका अध्यक्ष नेत्र प्रसाद रिजालले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । माइपोखरी कृषि सहकारी संस्था, वृहत्तर पशुपालन तथा कृषि सहकारी, महिला बहुद्धेश्य सहकारी, सन्दकपुर किबी सहकारी, माइपताल दुग्द्य उत्पादन सहकारी, याक्पी दुग्द्य उत्पादन सहकारीले संयुक्त रुपमा सहकारी दिवस मनाएका हुन् ।