सन्दकपुर । आजबाट इलामको सन्दकपुर गाउँपालिकामा दोश्रो सन्दकपुर रेडपाण्डा महोत्सव हुँदैछ । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धनका लागि चैत्र २३ गतेसम्म महोत्सव संचालन हुनेछ । रेडपाण्डाको संरक्षणमा समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।
सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनमा महोत्सव केन्द्रित छ । ४३ किलोमिटर लामो पदमार्गमा नेपाल र भारतका पर्यटकहरुले यात्रा गर्नेछन् । ११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चाराको अध्ययन गर्न पाइन्छ ।
१५ पर्यटकीय गन्तव्य जोड्ने पदमार्गको प्रवद्र्धन गरि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी रहेको छ । विश्व रामसार सुचिमा सुचिकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापू, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरहुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको पदयात्रामा महोत्सवमा हुँदैछ ।
महोत्सव सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा, केचना कंचनजंघा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क लगायत संस्थाको प्रवद्र्धनमा आयोजना हुने सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले बताए ।
रेडपाण्डा पदमार्ग आधारित पर्यटन महोत्सवमा आन्तरिक र बाह्य गरि १ हजार बढी पर्यटहरुले पदयात्रा गर्नेछन् । चैत्र २० गतेबाट शुरु हुने महोत्सवको आयोजक सन्दकपुर गाउँपालिका हो । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय काँकरभिट्टा, केचना कंचनजंघा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क, दिपज्योती युवा क्लब पाँचथर रहेका छन् ।
महोत्सवमा डिभिजन वन कार्यालय इलाम, होमस्टे महासंघ, उच्च पहाडी संस्था नेपाल, सामुदायीक वन उपभोक्ता महासंघ र नेपाल आदिवासी जनजाति महासंघको समन्वय रहेको छ । महोत्सवको ट्राभल्स पाटर्नरमा सन्दकपुर हिल्स ट्राभल्स टुर्स एण्ड रिर्सज सेन्टर रहेको हो । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न नेपालमा दोस्रो पटक रेडपाण्डा महोत्सव हुन लागेको हो ।
सन्दकपुर गाउँपालिकाको पर्यटन पात्रोका आधारमा चैत्र २० गतेबाट २३ गतेसम्म प्रवद्र्धनात्मक महोत्सवको आयोजना हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।