सूर्योदय । कोशी प्रदेशको प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तरगत वन, वातावरण र जैविक विविधता विषयमा सरोकारवालहरूसँग अन्तरक्रिया कार्यक्रम इलामको सूर्योदय नगरपालिकामा सम्पन्न भएको छ । वन, वन्यजन्तु र जैविक विविधता प्रकृतिका उपाहार, हरित पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा जनसरोकार भन्ने मुल नाराका साथ प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम आयोजना गरिएको हो ।
सूर्योदय नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक राजकुमार सेरेङ लिम्बुको अध्यक्षता रहेको कार्यक्रममा डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र साहको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बिषेश अतिथिमा सूर्योदय नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत बहादूर राई रहेका थिए । कार्यक्रममा सूर्योदय नगरपालिका भित्रिका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सरकार र स्थानीय तहबिचको वन, वातावरण सम्बन्धि नितिगत बिषयहरुमा छलफल । अन्तरक्रिया भएको थियो ।
अन्तरक्रियामा डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र साहाले संघीय वन ऐन, प्रदेश वन ऐन, नियमावलीका बिषयबस्तुमा संक्षिप्त जानकारी दिएका थिए । अन्तरक्रियामा सव डिभिजन वन कार्यालय सूर्योदयका अधिकृत रमेश सिवाकोटीले सहजिकरण गरेका थिए । अन्तरक्रियामा सूर्योदय नगरापलिका ६ का अध्यक्ष सिव बस्नेत, १० का अध्यक्ष पेमाउगेन लामा लगायतले तीनै तहका सरकारहरुबिच सम्बन्ध सुमधुर बनाउने यस प्रकारका छलफल र अन्तरक्रिया नियमित हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सूर्योदय नगरपालिकामा कार्यरत वन, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ईश्वरी अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने सूर्योदय नगरपालिकाका जनप्रतिनिधिहरुले तीनै तहका सरकार बीच सम्बन्ध सुमधुर बनाउने यस प्रकृतिका छलफल र अन्तरक्रिया नियमित हुनुपर्नेमा जोड दिएका थिए ।
